संक्षिप्त परिचय

नेपाल सरकारको मिति २०७१ वैशाख २५ गते घोषित ७२ नगरपालिकाहरुमध्ये राजापुर नगरपालिका एक हो यसको विधिवत रुपमा स्थापना तथा कार्य संचालन २०७१ जेष्ठ गते बाट भएको हो दुवैतिर कर्णाली नदीले घेरिएको श्रीलंका टापुको रुपमा परिचित जिल्ला सदरमुकामबाट ३७ किलोमिटर पश्चिममा रहेको एेतिहासिक बजार राजापुर को नामाकरणको सन्दर्भमा बिभिन्न कथनहरु पाइन्छन् कहिले गोलामण्डी, कहिले राजापुर नाम भएको यस ठाउं राजाराम कुर्मीको नामबाट राजापुर भएको हो भन्ने कथन रहेको अर्को कथन अनुसार यस ठाउंमा पहिला ठकुरी जातिका राजारजौटाहरुले बसोबास गर्थे ।पछि राजाराजा हुंदै राजापुर भएको हो । थारु जातिको बाहुल्यता रहेको यस नगरपालिकामा बाहुन,क्षेत्री, दलित, वादी, मधेसि, मुस्लिम, सोनहा लगायतका जातजातिको विविधतापूर्ण बसोबास रहेको पाइन्छ । यस राजापुर क्षेत्रलाई भौराटप्पा नामले पनि चिनिने गरिन्छ । राजापुर नगरपालिकाको संक्षिप्त झलक यस प्रकार रहेको छ ।

जिल्ला : बर्दिया

अन्चल : भेरी

प्रदेश नं: ५

क्षेत्र : साविक दौलतपुर, नयागाउं, बदालपुर, राजापुर, भिम्मापुर र मानपुरटपरा गाविसहरु

क्षेत्रफल: १०८।२ वर्ग किमि

वडा संख्या: १९

जनसंख्या: ५२,४३८ ( २०६८ को जनगणना अनुसार)

             पुरुष: २५,३२२

             महिला: २७,१०६

 

जनघनत्व : ४८५ प्रति वर्ग किमि

जातजातिको अवस्था:

             थारु जाति: ७८ प्रतिशत

             अन्य जाति: २२ प्रतिशत

सिमाना:

        पूर्वमा: खैरीचन्दनपुर, मनाउ र पशुपतिनगर गाविस

        पश्चिम: कर्णाली नदी

        उत्तर: पाताभार गाविस

        दक्षिण: भारत

मुख्य बजारहरु: राजापुर, मानपुरटपरा, बालाबजार, त्रिवेणीबजार, सोनपुर

मुख्य पेशा: क्रीषि र पशुपालन, व्यापार व्यावसाय

घरधुरी संख्या: १०९२६ (२०७१ को तथ्यांक अनुसार

खुला दिसामुक्त नगरपालिका घोषित मिति: २०७१ चैत्र २८ गते