राजापुर नगरपालिकाकाे स्थापना वि. स. २०७१।०१। २५ गते भएकाे हाे । साबिकका दौलतपुर, बदालपुर, नयाँगाउँ, राजापुर, भिम्मापुर र मानपुर टपरा गाविसलाई समायोजन गरी राजापुर नगरपालिकाकाे घाेषाणा गरिएकाे थियाे । त्यस पछि २०७३।११।२४ सालमा पुन : यस नगरपालिकामा खैरी चन्दनपुर गाविसलाई समेत समायोजन गरि यस नगरपालिकाकाे क्षेत्र बिस्तर भएकाे हाे । साबिक राजापुर नगरपालिकालाई १९ वटा वडामा विभाजन गरिएकाे थियाे । भने २०७४ साल मा अाएर यस लाई १० वटा वडामा मात्र विभाजन गरिएकाे छ ।